माओवादीको स्थायी कमिटी बैठक बस्दै

हिमाल प्रेस १५ फागुन २०८० ७:३२ | Tuesday, February 27, 2024
माओवादीको स्थायी कमिटी बैठक बस्दै

काठमाडौँ- नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक मंगलबार बस्दैछ।

बैठक बिहान साढे ८ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।

आइतबार अपराह्न बसेको पदाधिकारीको अनौपचारिक बैठकले स्थायी समिति बैठक तय गरेको हो। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रदेशका इञ्चार्जलगायतको कार्यविभाजनका लागि गृहकार्य गर्न पदाधिकारीलाई जिम्मेवारी दिएका थिए।

हालै विधान सम्मेलन गरेको माओवादी केन्द्रले पार्टीका शीर्षनेताको कार्यविभाजन तथा जनपरिचालनलगायत विषयमा नियमित छलफल गरिरहेको छ।

बैठकमा तराई(मधेश अभियान, उत्तर-दक्षिण अभियानका विषयमा छलफल हुने सापकोटाले बताए।

माओवादी केन्द्रले आगामी चैत १ गतेदेखि तराई-मधेशमा अभियान सञ्चालन गर्ने तयारी गरेको छ।

प्रकाशित: १५ फागुन २०८० ७:३२ | Tuesday, February 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast