माओवादीको विधान सम्मेलन सुरु [फोटो फिचर]

दिपेश श्रेष्ठ १ फागुन २०८० १४:१४ | Tuesday, February 13, 2024
माओवादीको विधान सम्मेलन सुरु [फोटो फिचर]

काठमाडौँ– नेकपा माओवादी केन्द्रको विधान सम्मेलन सुरु भएको छ। अध्यक्ष पुष्पकमल दाहालले काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सम्मेलनको उद्‌घाटन गरेका छन्।

तीन दिनसम्म चल्ने विधान सम्मेलनले पार्टीको विधान परिमार्जन गर्नेछ। स्थायी समितिले तयार पारेको विधान संशोधन मस्यौदामा माओवादीले तल्लो तहबाटसमेत सुझाव संकलन गरिसकेको छ।

विधानमार्फत सांगठनिक संरचनामा केही परिवर्तन गर्न खोजिएको माओवादीले जनाएको छ। केन्द्रीय समितिको आकार घटाउने माओवादीको तयारी छ। उपाध्यक्ष पम्फा भुसाल संयोजक रहेको मस्यौदा विधान कार्यदलले विधानको मस्यौदा अध्यक्ष दाहाललाई बुझाइसकेको छ।

कार्यदलले १९ सदस्यीय पदाधिकारीसहित १ सय ५१ सदस्यीय केन्द्रीय समितिको प्रस्ताव गरेको छ। माओवादी केन्द्रको यो पहिलो विधान अधिवेशन हो।

प्रकाशित: १ फागुन २०८० १४:१४ | Tuesday, February 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast