माइतीघरबाट अभियान सुरु गर्दै राजेन्द्र महतो

हिमाल प्रेस १६ फागुन २०८० ९:५७ | Wednesday, February 28, 2024
माइतीघरबाट अभियान सुरु गर्दै राजेन्द्र महतो राजेन्द्र महतो । फाइल तस्बिर

काठमाडौँ- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) परित्याग गरेका राजेन्द्र महतोले आज(बुधबार)देखि राष्ट्रिय मुक्ति क्रान्ति अभियान थाल्दैछन्।

उनले आज माइतीघरको निषेधाज्ञा तोडेर अभियान सुरु गर्ने भएका हुन्। गत सोमबार उनले लोसपा परित्याग गरेका हुन्।

उनी अभियानमार्फत वैकल्पिक शक्ति निर्माण गर्ने बहुल राष्ट्रिय राज्य स्थापनाको एजेण्डामा सहमत भएका जोसुकै यसमा जोडिन सक्ने बताएका छन्।

‘हामीले आन्दोलन गर्ने ठाउँ सरकारले निषेध गरेको छ।यसका विरुद्ध हामीले आन्दोलन गर्न लागेका हौँ,’ महतो निकट नेता किशोर गुरु भन्छन्,‘आन्दोलन गर्न पाउने ठाउँ निषेधाज्ञा गर्न हुँदैन भन्नका लागि माइतीघर पुग्न लागेका हौँ।’

महतोसहितका नेताहरूले दिउँसो १ बजे माइतीघर पुगेर अभियान सुरु गर्ने बताएका छन्।

प्रकाशित: १६ फागुन २०८० ९:५७ | Wednesday, February 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast