महासमिति सदस्य नभएका व्यक्ति बोलेपछि कांग्रेस बैठकमा लफडा

हिमाल प्रेस १० फागुन २०८० १२:३३ | Thursday, February 22, 2024
महासमिति सदस्य नभएका व्यक्ति बोलेपछि कांग्रेस बैठकमा लफडा

ललितपुर- नेपाली कांग्रेसको ललितपुरकाे गाेदावरीमा जारी महासमिति बैठकमा महासमिति सदस्य नभएका व्यक्तिले प्रतिवदेनको छलफलमाथि धारणा राखेपछि विवाद भएको छ। बागमती र गण्डकी समूहमा भइरहेको छलफलमा स्याङ्जाका मेखलाल श्रेष्ठलाई बोल्न दिएपछि प्रतिनिधिहरूले आपत्ति जनाएका हुन्। गण्डकीका उपसभापतिसमेत रहेका श्रेष्ठ प्रदेशका पूर्वमन्त्रीसमेत हुन्।

बिहीबार बोल्ने प्रतिनिधिमा उनलाई पनि समय दिइएको थियो। तर उनी महासमिति सदस्य नभएको गोरखाका पार्टी सभापति नन्दप्रसाद न्यौपानेले जानकारी दिए। ‘महाधिवेशन प्रतिनिधिले बोल्न पाएका छैनन्। प्रतिनिधि नै नभएका व्यक्तिलाई बोल्न समय दिइयो,’न्यौपानेले भने,‘विधि मिच्ने काम भएकाले प्रतिनिधिहरूले विरोध गरेका हुन्।’

चार समूहमा बुधबारदेखि प्रतिवेदनमाथि प्रतिनिधिहरूले सुझाव राखिरहेका छन्। बागमती र गण्डकी समूहको नेतृत्वमा सहमहामन्त्री महेन्द्र यादव छन्। प्रदेशको समन्वय बागमतीबाट इन्द्रबहादुर बानियाँ र गण्डकीबाट प्रदेश सभापति शुक्रराज शर्माले गरेका छन्।

श्रेष्ठले गठबन्धनलाई रणनीति विषय बनाएर जानुपर्ने बताएका थिए। महामन्त्री गगन थापाका सांगठनिक प्रस्तावमाथि आलोचना गर्नेलाई महासमिति सदस्य नहुँदा पनि बोल्न दिने काम भएको गोरखाका सभापति न्यौपानेको भनाइ छ। न्यौपानेले श्रेष्ठलाई बोल्न दिएकोमा गण्डकी प्रदेश सभापति शर्मालाई माफी माग्न भनेका थिए।

प्रकाशित: १० फागुन २०८० १२:३३ | Thursday, February 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast