महासमिति बैठकको पूर्व सन्ध्यामा कोइरालाले गरे सुदूरपश्चिमका जिल्ला सभापतिसँग छलफल

हिमाल प्रेस ७ फागुन २०८० ११:१६ | Monday, February 19, 2024
महासमिति बैठकको पूर्व सन्ध्यामा कोइरालाले गरे सुदूरपश्चिमका जिल्ला सभापतिसँग छलफल

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले महासमितिको पूर्वसन्ध्यामा सुदूरपश्चिम प्रदेशका जिल्ला सभापतिसँग छलफल गरेका छन्।

बालुवाटारमा भएको छलफलमा पुष्प शाह (अछाम), पदम बोगटी (कञ्चनपुर), चतुरबहादुर चन्द(बैतडी), भीम साउद (डडेलधुरा), रामसिंह रावल (बाजुरा), खड्ग बोहोरा (बझाङ), नरेन्द्रसिंह थापा (डोटी) र युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बू सहभागी थिए।

आज दिउँसो १ बजेबाट महासमितिको बैठक गोदावरीमा सुरु हुँदैछ। महासमितिमा देशभरबाट २१०५ हाराहारी सदस्य सहभागी हुनेछन्।

प्रकाशित: ७ फागुन २०८० ११:१६ | Monday, February 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast