महासमिति बैठकका प्रस्तावहरू परिमार्जनसहित पारित हुन्छन्, ढुक्क हुनुस् : देउवा

हिमाल प्रेस १० फागुन २०८० १९:१९ | Thursday, February 22, 2024
महासमिति बैठकका प्रस्तावहरू परिमार्जनसहित पारित हुन्छन्, ढुक्क हुनुस् : देउवा शेरबहादुर देउवा

ललितपुर- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महासमिति बैठकका प्रस्तावहरू परिमार्जनसहित केन्द्रीय समितिले पारित गर्ने बताएका छन्। बिहीबार महासमिति बैठकको समापन गर्दै देउवाले यस्तो बताएका हुन्।

उनले भने, ‘यहाँ आएका सुझावहरू समावेश गरेर केन्द्रीय समितिले परिमार्जन गर्ने गरी प्रस्तावहरू पारित भएका छन्। आगामी केन्द्रीय समितिले प्रतिवेदन परिमार्जन गर्नेछ। ढुक्क हुनुस्।’

वर्तमान गठबन्धन सरकारको प्रमुख घटकको रूपमा सरकारलाई सुशासनलाई निरन्तर सुझाव दिइरहेको उनको भनाइ छ। ‘कांग्रेसलाई वैचारिकरूपमा अनुशासित ऊर्जावान बनाउन यो बैठकले ऐतिहासिक महत्त्व राखेको छ,’ उनले भने। देउवाले ८ दशकदेखि अनुकूल वा प्रतिकूल अवस्थामा कांग्रेसले देशको राजनीतिमा भूमिका खेलिरहेको बताए।

प्रकाशित: १० फागुन २०८० १९:१९ | Thursday, February 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast