महालक्ष्मी विकास बैंक संगठित संस्थाको वर्गीकरणमा ‘ए’ वर्गमा

हिमाल प्रेस ४ फागुन २०८० १७:२५ | Friday, February 16, 2024
महालक्ष्मी विकास बैंक संगठित संस्थाको वर्गीकरणमा ‘ए’ वर्गमा

काठमाडौँ– महालक्ष्मी विकास बैंक नेपाल स्टक एक्सचेन्ज लिमिटेडको संगठित संस्थाको वर्गीकरणमा ‘ए’ वर्गमा परेको छ। धितोपत्र सूचीकरण विनियमावली २०७५ को विनियम ११ बमोजिम ए वर्गमा पर्न चुक्ता पुँजी कम्तीमा एक अर्ब रुपैयाँ भएको, धितोपत्र सूचीकरण गराएको कम्तीमा तीन वर्ष पूरा भएको, विगत तीन आर्थिक वर्ष लगातार नाफामा रही लाभांश वितरण गरेको हुनुपर्छ।

यसैगरी क्रेडिट रेटिङ संस्थाबाट औसत वा सो भन्दा माथिको रेटिङ प्राप्त गरेको, नियमनकारी निकायले तोकेको ढाँचामा वित्तीय विवरण पेस गरेको तथा आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र वार्षिक साधारणसभा सम्पन्न गरेको संस्थाहरु ‘ए’ वर्गमा पर्ने व्यवस्था छ। सोहीबमोजिम महालक्ष्मी विकास बैंक ‘ए’ वर्गमा पर्न सफल भएको छ।

‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसात् गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्षदेखि अनवरत रूपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ शाखा कार्यालय र करिब ७ लाख ग्राहक रहेका छन्।

प्रकाशित: ४ फागुन २०८० १७:२५ | Friday, February 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast