महालक्ष्मी विकास बैंकका १०.९९ प्रतिशतमै कर्जा योजना

हिमाल प्रेस २ फागुन २०८० १७:१० | Wednesday, February 14, 2024
महालक्ष्मी विकास बैंकका १०.९९ प्रतिशतमै कर्जा योजना

काठमाडौँ- महालक्ष्मी विकास बैंकले नयाँ वर्ष २०८१ लाई लक्षित गरी महालक्ष्मी घर कर्जा, महालक्ष्मी व्यावसायिक कर्जा तथा महालक्ष्मी सवारी कर्जा (व्यक्तिगत) मा आकर्षक ब्याजदर रहने गरी नयाँ योजना ल्याएको छ।

योजनाअन्तर्गत महालक्ष्मी घर कर्जा र महालक्ष्मी व्यावसायिक कर्जा मात्र १०.९९ प्रतिशत तथा महालक्ष्मी सवारी कर्जा (व्यक्तिगत) मात्र ११.४९ प्रतिशत वार्षिक ब्याजदरमा प्रदान गरिने बैंकले जनाएको छ।

तीनै प्रकारका कर्जामा पहिलो एक वर्षका लागि स्थिर ब्याजदर कायम रहने र महिलाको हकमा सेवा शुल्कमा २५ प्रतिशतसम्म छुट प्रदान गर्न सकिनेछ। साथै आवश्यक सम्पूर्ण कागजात प्राप्त भएको तीन कार्य दिनभित्र कर्जा प्रवाह गरिनेछ।

उक्त योजनाअनुसार आवासीय/व्यापारिक घर/जग्गा खरिद गर्न, घर निर्माण गर्न, अपार्टमेन्ट खरिद गर्न, घर थप/पुनर्निर्माण/मर्मतसम्भार गर्न महालक्ष्मी घर कर्जाअन्तर्गत न्यूनतम दुई वर्षदेखि अधिकतम ३० वर्ष अवधी रहने गरी रु. ५ करोडसम्मको कर्जा प्रदान गरिने बैंकले जनाएको छ।

प्रकाशित: २ फागुन २०८० १७:१० | Wednesday, February 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast