महामन्त्री थापाको प्रस्तावमा छलफल गर्न देउवाले डाके पदाधिकारी बैठक

हिमाल प्रेस ७ फागुन २०८० १६:२१ | Monday, February 19, 2024
महामन्त्री थापाको प्रस्तावमा छलफल गर्न देउवाले डाके पदाधिकारी बैठक नेपाली कांग्रेसको महासमिति बैठक सोमबार ललितपुरमा उद्‌घाटन गर्दै सभापति शेरबहादुर देउवा। तस्बिर : हिमाल प्रेस

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी र पूर्वपदाधिकारी बैठक बोलाएका छन्। सभापति देउवाले सोमबार साँझका लागि निजी निवास बूढानीलकण्ठमा पदाधिकारी र पूर्वपदाधिकारी बैठक बोलाएका हुन्।

महामन्त्री गगन थापाले महासमिति बैठकमा पेस गर्न लागेको प्रस्तावका विषयमा छलफल गर्न सभापति देउवाले बैठक डाकेको एक पदाधिकारीले जानकारी दिए।

सभापति देउवा चुनावमा गठबन्धन तत्कालीन आवश्यकताका आधारमा गर्नुपर्ने पक्षमा छन्। महामन्त्री थापा भने पार्टीको दस्ताबेजमा पार्टी एक्लै चुनावमा लड्नुपर्ने प्रावधान समेट्नुपर्ने अडानमा छन्। बैठकमा महासमिति प्रतिनिधि विवाद भएका जिल्लाका बारेमा छलफल हुने ती पदाधिकारीले जानकारी दिए।

नेपाली कांग्रेसको महासमिति बैठक सोमबार ललितपुरमा सुरु भएको छ।

प्रकाशित: ७ फागुन २०८० १६:२१ | Monday, February 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast