मध्य भारतमा गाडी अनियन्त्रित भएर दुर्घटना हुँदा १५ जनाको मृत्यु

हिमाल प्रेस १७ फागुन २०८० १७:५६ | Thursday, February 29, 2024
मध्य भारतमा गाडी अनियन्त्रित भएर दुर्घटना हुँदा १५ जनाको मृत्यु

नयाँदिल्ली- भारतको मध्य प्रदेश राज्यमा बिहीबार एउटा गाडी अनियन्त्रित भएर दुर्घटना हुँदा पाँच महिलासहित १५ जनाको मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ। उक्त दुर्घटनामा २० जना घाइते भएका स्थानीय प्रहरीले जानकारी दिएको छ। उक्त प्रदेशकाे मण्डलाकाे बिछियामा गाडी दुर्घटना भएको हो।

घाइतेहरूमध्ये केहीलाई स्थानीय अस्पतालहरूमा उपचारका लागि भर्ना गरिएको छ भने केहीको अवस्था गम्भीर रहेकोले मृतकको सङ्ख्या अझै बढ्नसक्ने प्रहरीले जनाएको छ। पीडितहरू सोही गाउँका हुन् र नजिकैको ठाउँमा आयोजित विवाहपूर्वको समारोहबाट फर्किरहेका थिए।

राष्ट्रपति द्रौपदी मुर्मू, प्रधानमन्त्री नरेन्द्र मोदी र अन्य वरिष्ठ नेताहरूले यस दुर्घटनामा मानवीय क्षतिप्रति दुःख व्यक्त गरेका छन्। रासस/सिन्ह्वा 

प्रकाशित: १७ फागुन २०८० १७:५६ | Thursday, February 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast