मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया स्थगित

हिमाल प्रेस ७ फागुन २०८० ११:२२ | Monday, February 19, 2024
मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया स्थगित

काठमाडौँ- मध्यपश्चिम विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया स्थगित भएको छ।

उपकुलपति पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिको आइतबार बसेको बैठकले प्रक्रिया रोक्ने निर्णय गरेको हो।

०८० माघ २५ मा सूचना प्रकाशन गरेर दर्खास्त आह्वान गरिएको थियो। उपकुलपति हुन चाहनेले विश्वविद्यालय अनुदान आयोग दर्खास्त दिइरहेको बेला प्रक्रिया रोक्ने निर्णय गरेको हो।

‘हाललाई दरखास्त सम्बन्धी सम्पूर्ण प्रक्रिया स्थगन गर्ने निर्णय गरेको हुँदा सम्पूर्णमा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,’छनोट समितिले जारी गरेको सूचनामा उल्लेख छ।

नियुक्ति प्रक्रिया स्थगितको कारण खुलाइएको छैन।

प्रकाशित: ७ फागुन २०८० ११:२२ | Monday, February 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast