मधेश र गण्डकी प्रदेशमा एनसेलको फोरजी सेवा सुधार

हिमाल प्रेस २८ माघ २०८० १२:४८ | Sunday, February 11, 2024
मधेश र गण्डकी प्रदेशमा एनसेलको फोरजी सेवा सुधार

काठमाडौँ– एनसेलले मधेश र गण्डकी प्रदेशका विभिन्न जिल्लाका स्थानीय स्तर र क्षेत्रमा फोरजी नेटवर्क सुधार गरेको छ। यससँगै यी क्षेत्रका ३० भन्दा बढी स्थानका ग्राहकहरूले अब फोरजीको सुदृढ नेटवर्क र मोबाइल ब्रोडब्यान्डबाट फाइदा लिन सक्ने एनसेलले जनाएको छ।

मधेश प्रदेशका दुई दर्जनभन्दा बढी स्थानमा फोरजी सेवामा सुधार गरिएको छ। यसबाट ग्राहकहरूलाई थप सुधारिएको मोबाइल ब्रोडब्यान्ड र कनेक्टिभिटीको पहुँचबाट फाइदा लिन सजिलो बनाएको एनसेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। फोरजी सेवामा सुधार भएका क्षेत्रहरुमा औराही, बलवा, बटेश्वर, चन्द्रनगर, जनकपुरधाम, लोहरपट्टी, मटिहानी, मिथिला बिहारी, नहरा, नवराजपुर, पिपरालगायतका स्थान छन्।

त्यसैगरी ग्राहकले अब गण्डकी प्रदेशका आँबुखैरेनी, घरपझोङ, फेदीखोला, पोखरा, पुतलीबजार र ताराखोलामा पनि सुधारिएको फोरजी नेटवर्कबाट फाइदा लिन सक्ने एनसेलले जनाएको छ।

प्रकाशित: २८ माघ २०८० १२:४८ | Sunday, February 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast