मकवानपुरमा अटो दुर्घटनामा चालकको मृत्यु

हिमाल प्रेस ९ फागुन २०८० १७:३० | Wednesday, February 21, 2024
मकवानपुरमा अटो दुर्घटनामा चालकको मृत्यु

मकवानपुर- मकवानपुरगढी गाउँपालिकामा आज अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार धादिङ बजारतर्फबाट मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीतर्फ आउने क्रममा ना २.ह ५२६८ नंको अटो अनियन्त्रित भएर पल्टिएको थियो।

घाइते भएका सोही स्थान निवासी ३५ वर्षीय चालक सुमन भन्ने देवीबहादुर घिमिरेलाई उपचारका लागि हेटौँडा अस्पताल ल्याउँदै गर्दा उनको मृत्यु भएको प्रहरीले  जनाएको छ।

प्रकाशित: ९ फागुन २०८० १७:३० | Wednesday, February 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast