भुर्तेलको अर्धशतकको मद्दतमा पनि नेपाल १७२ रनमा ‘अलआउट’

हिमाल प्रेस १३ फागुन २०८० १३:२२ | Sunday, February 25, 2024
भुर्तेलको अर्धशतकको मद्दतमा पनि नेपाल १७२ रनमा ‘अलआउट’

काठमाडौँ- आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिदेशीय शृंखलामा नेपालले नेदरल्यान्ड्सलाई १७३ रनको लक्ष्य दिएको छ।

४९.३ ओभरमा सबै विकेट गुमाउँदै नेपालले १७२ रन बनाउन सक्यो।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ६६ रनको योगदान दिए।

करण केसीले २६ रन बनाए।

त्यस्तै, करण केसीले आरिफ शेखले २२, आसिफ शेख १७,अनिल साह ६, कुशल मल्ल २,रोहित पौडेल १६, गुल्शन झा ५, दिपेन्द्रसिंह ऐरी १ रन बनाउँदै रन आउट भएका हुन्। यस्तै भीम सार्की ८ बल खेल्दै शून्यमा आउट भएका थिए।

 

प्रकाशित: १३ फागुन २०८० १३:२२ | Sunday, February 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast