प्रतीकात्मक तस्बिर।
                                            काठमाडौँ- भीरबाट लडेर मकवानपुर कैलाश गाउँपालिका-७ चाइरङडाँडामा स्थानीय आइतराम चेपाङको मृत्यु भएको छ।
५० वर्षीय चेपाङ कैलाश गाउँपालिका ३ स्थित कालीकाटार बजारबाट घरतर्फ फर्कने क्रममा गोरेटो बाटोबाट करिब दुई सय मिटर तल भीरमा लडेर मृत्यु भएको हो।
आइतबार राति भीरबाट लडेर मृत्यु भएको जानकारी पाएपछि प्रहरी चौकी भार्ताबाट गएको प्रहरी टोलीले शव भिरमा रहेको अवस्थामा फेला पारी शव परीक्षणका लागि हेटौँडा अस्पतालमा ल्याएको प्रहरीले जनाएको छ।
                            प्रकाशित: २३ माघ  २०८० ८:३० 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             
                                             
                                             
                                             

