बैंकिङ कसुरमा तीन वर्ष कैद र ९ करोड जरिबाना तोकिएका अभियुक्त पक्राउ

हिमाल प्रेस २८ माघ २०८० १९:३० | Sunday, February 11, 2024
बैंकिङ कसुरमा तीन वर्ष कैद र ९ करोड जरिबाना तोकिएका अभियुक्त पक्राउ सांकेतिक तस्बिर।

काठमाडौँ- नेपाल प्रहरीले बैंकिङ कसुर मुद्दामा ९ करोड ७ लाख ६ हजार ३७८ जरिबाना ठहर भएका एक जनालाई पक्राउ गरेको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बैंकिङ कसुरमा उक्त रकम जरिबाना भएका काभ्रेपलाञ्चोक पनौती नगरपालिका–६ का ६७ वर्षीय रामभक्त थापालाई पक्राउ गरी आज (आइतबार) सार्वजनिक गरेको हो।

ब्युरोका प्रहरी उपरीक्षक होविन्द्र बोगटीले बैंकिङ कसुर मुद्दामा तीन वर्ष कैद सजाय र ९ करोड ७ लाख ६ हजार ३७८ जरिबाना तोकिएका थापालाई कोटेश्वरबाट पक्राउ गरिएको जानकारी दिए। ‘थापाले क्यापिटल मर्चेन्ट तथा फाइनान्स कम्पनी लिमिटेडका पदाधिकारी र कर्मचारीलाई प्रभावमा पारेर ऋण लिएको अनुसन्धानमा खुलेको छ,’ उनले भने।

प्रहरी नियन्त्रणमा रहेका थापाले ‘काभ्रे बोइलर सप्लायर्स’ फर्जी कम्पनीका कागजात बनाएर कर्जा लिएको खुलेको हो। उक्त मुद्दामा २०७१ वैशाख २९ गते तत्कालीन पुनरावेदन अदालत पाटनले थापालाई तीन वर्ष कैद र बिगोबमोजिम जरिबाना सुनाएको थियो। थापालाई प्रहरीले आज फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौँ पेस गरेको छ।

प्रकाशित: २८ माघ २०८० १९:३० | Sunday, February 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast