बेलायत- बेलायतका राजा चार्ल्स तृतीयलाई क्यान्सरको पुष्टि भएको छ।
बीबीसीका अनुसार राजाले सोमबारबाट ‘नियमित उपचार’ थालेका छन्। चार्ल्सको प्रोस्टेट उपचारका क्रममा क्यान्सर पत्ता लागेको जनाएको छ।
चार्ल्सलाई कस्तो प्रकारको क्यान्सर भएको हो भन्ने चाही दरबारले खुलाएको छैन। ७५ वर्षीय राजा आफ्नो उपचारप्रति पूर्णरुपमा सकारात्मक रहेको र जतिसक्दो चाँडो पूर्ण सार्वजनिक कर्तव्यमा फर्कन आतुर रहेको दरबारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
चिकित्सकहरुले चार्ल्सलाई सार्वजनिक कार्यक्रम स्थगित गर्न सल्लाह दिएका छन्।
प्रकाशित: २३ माघ २०८० ९:४० | Tuesday, February 6, 2024
प्रतिक्रिया



