 
                             
                                            इटहरी- धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका विद्यार्थी पढाइ माग गर्दै रिले अनशनमा बसेका छन्।
६ दिनदेखि विद्यार्थीले पूर्ण क्षमतामा पठनपाठन र परीक्षा सञ्चालनका गतिविधि सञ्चालन गर्न माग गर्दै अनशनमा बसेका हुन्।
संवैधानिक अधिकार सुनिश्चित गर्न माग राख्दै रिले अनशनमा बसेको विद्यार्थी कल्याण समाजको अध्यक्ष डा ओम शान्ति रजतले जानकारी दिए।
२४ दिनदेखि शिक्षक, कर्मचारी र चिकित्सक बढुवा प्रक्रियाको माग गर्दै प्रतिष्ठानमा पठनपाठन ठप्प छ। यही कारण पढ्न पाउनुपर्ने माग राख्दै अनशन बस्नुपरेको उनले बताए।
पछिल्लो समय प्रतिष्ठानका शिक्षक, चिकित्सक र कर्मचारीहरूको बढुवा प्रक्रिया लामो समयदेखि रोकिएको भन्दै आन्दोलनरत भइरहेकोमा गत कात्तिक २० गते धरान उपमहानगरपालिकाको नगर प्रमुख हर्कराज राई र विभिन्न राजनीतिक दलहरूको रोहबरमा पुस २ गते सुरु गरी १५ गतेसम्म आवश्यक प्रक्रिया पूरा गरेर लोकसेवा आयोग र स्वास्थ्य मन्त्रीको सहमति लिइ बाँकी रहेको अन्तर्वार्ता सकाउने सहमति भएको थियो।
उक्त समय बितिसक्दा पनि सहमति अनुसार बढुवाको अन्तर्वार्ता सुरु नभएपछि गत २४ दिनदेखि करिब १५ वर्ष देखि रोकिएको आन्तरिक बढुवा प्रक्रिया सुरु गर्न दबाब दिन पठनपाठन ठप्प छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 