बालकुमारी घटनाको प्रतिवेदन अध्ययनमै छ : प्रधानमन्त्री

हिमाल प्रेस १२ फागुन २०८० १२:४१ | Saturday, February 24, 2024
बालकुमारी घटनाको प्रतिवेदन अध्ययनमै छ : प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालकुमारी घटनाको प्रतिवेदन अध्ययनकै क्रममा रहेको बताएका छन्। उनले प्रतिवेदन पाए पनि अध्ययन गरिरहेको बताएका हुन्।

आज बसेको पार्टी संसदीय दलको बैठकमा प्रधानमन्त्री प्रचण्डले आफूले बालकुमारी घटनाको प्रतिवेदन प्राप्त गरिसकेको र अध्ययनकै क्रममा रहेको जानकारी दिए।

प्रतिवेदन अध्ययनपछि आवश्यक निर्णयमा पुग्ने उनको भनाइ छ । सरकारको क्षेत्राधिकारको विषयमा सरकारले निर्णय लिने उनले स्पष्ट पारे ।

प्रकाशित: १२ फागुन २०८० १२:४१ | Saturday, February 24, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast