बलिदानबाट प्राप्त उपलब्धिलाई खोस्ने कुचेष्टा थालियो : माओवादी नेता शाही

हिमाल प्रेस १ फागुन २०८० १०:५९ | Tuesday, February 13, 2024
बलिदानबाट प्राप्त उपलब्धिलाई खोस्ने कुचेष्टा थालियो : माओवादी नेता शाही

सुर्खेत- नेकपा माओवादी केन्द्रका नेता एवं प्रतिनिधिसभा सदस्य महेन्द्रबहादुर शाहीले जनयुद्धबाट प्राप्त भएका उपलब्धिको उपभोग गर्ने तर जनयुद्धलाई अस्वीकार गर्ने प्रवृतिबाट सचेत रहन आग्रह गरेका छन्।

मंगलबार २९ औं जनयुद्ध दिवसको अवसरमा शुभकामना दिँदै नेता शाहीले ठूलो बलिदानीपूर्ण संघर्षबाट प्राप्त राजनैतिक उपलब्धिलाई खोस्ने र मुलुकलाई फेरि प्रतिगमनतर्फ लैजाने कुचेष्टा भइरहेको बताए।

उनले जनयुद्ध दिवसको अवसरमा सबैखाले प्रतिगमनकारी, निरंकुश र असंवैधानिक दुश्प्रयत्नका विरुद्ध खबरदारी गर्दै समाजवादी व्यवस्था निर्माणको बाटोमा दृढतापूर्वक अघि बढ्न अपिल गरेका छन्।

नेता शाहीले शुभकामना सन्देशमा लेखेका छन् ‘निरंकुश जहाँनिया सामन्ती राजतन्त्रको अन्त्य गरी गणतन्त्रको स्थापना गर्ने उद्देश्यका साथ नेपाली जनताले शुरु गरेको महान जनयुद्धको ऐतिहासिक दिन फागुन १ गते स्मरण गर्दै यस २९औं महान् जनयुद्ध दिवसको गौरवमय अवसरमा कर्णाली प्रदेशवासी एवं सम्पूर्ण नेपाली दाजुभाई दिदीवहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।’

तत्कालीन महान् जनयुद्धकले गाउँ गाउँसम्म नेपाली जनतालाई जागृत गर्दै सामन्तवादका विरुद्धको राजनैतिक लहर ल्याएको स्मरण गर्दै नेता शाहीले यसकै जगमा भएको ०६२/६३ को जनआन्दोलनले नेपालमा सदियौ देखिको सामन्ती राजतन्त्रको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको उल्लेख गरेका छन् ।

 

प्रकाशित: १ फागुन २०८० १०:५९ | Tuesday, February 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast