काठमाडौँ- साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक ०.२७ प्रतिशतले बढेको छ। नेप्से ५.७४ अंकले बढेर २०९६.३८ को विन्दुमा पुगेको छ।
यस दिन ३१७ धितोपत्रका ९१ लाख ७१ हजार ७१० कित्ता सेयर तीन अर्ब २१ करोड २२ लाख ८३ हजार ४५३ रुपैयाँमा किनबेच भएको छ।
१३ उपसमूहमध्ये नौवटाको समूहगत सूचक बढेको छ। चारवटाको समूहगत सूचक घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
समाज लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ। सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किमको सेयर मूल्य सर्वाधिक ९.०७ प्रतिशतले घटेको छ।
प्रकाशित: २५ माघ २०८० १६:१७ | Thursday, February 8, 2024
प्रतिक्रिया




