बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते

हिमाल प्रेस ४ फागुन २०८० ९:०२ | Friday, February 16, 2024
बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते

बझाङ- बझाङको तलकोटबाट चैनपुर आइरहेको से१ज ८६८ नंको जिप तल्कोट गाउँपालिकाको साइलाबगड नजिक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्।

बिहीबार साँझ भएको सो दुर्घटनामा मृत्यु हुनेमा तलकोट–१ की सुस्मिता कठायत रहेकी छिन् भने घाइते तलकोट–३ का जिप चालक राजेशकुमार कडाल र मष्टा गाउँपालिका–५ का सह–चालक कमल कठायतको जिल्ला अस्पताल चैनपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक भरतबहादुर शाहका अनुसार दुर्घटनापछि सुस्मितालाई उपचारका लागि जिल्ला अस्पतालमा पुर्‍याउँदा चिकित्सकले उनीलाई मृत घोषणा गरेका थिए। जिप अनियन्त्रित भएर सडकबाट ७० फिट तल खसेको थियो। रासस

प्रकाशित: ४ फागुन २०८० ९:०२ | Friday, February 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast