‘बजारी महिलासँग सम्बन्ध राखेजस्तो अन्यन्त्र सहकार्य गरियो’ भनेपछि कांग्रेस बैठकमा विवाद

हिमाल प्रेस १० फागुन २०८० १२:५० | Thursday, February 22, 2024
‘बजारी महिलासँग सम्बन्ध राखेजस्तो अन्यन्त्र सहकार्य गरियो’ भनेपछि कांग्रेस बैठकमा विवाद

ललितपुर- ललितपुरको गोदावरीमा जारी नेपाली कांग्रेसकाे महासमिति बैठकमा विवाद भएको छ। बिहीबार बागमती र गण्डकीको संयुक्त छलफलमा धादिङबाट महासमिति सदस्य बाबुकृष्ण सापकोटा बोलेका थिए। उनले सभापति शेरबहादुर देउवा र इतर समूहका नेता शेखर कोइरालबीचको सम्बन्ध, सभापतिले देखाएको व्यवहारको आलोचना गरे।

उनको भनाइ छ, ‘गृहृलक्ष्मीलाई बेवास्ता गरियो। सभापतिबाट बजारी महिलासँग सम्बन्ध राखेजस्तो अन्यन्त्र सहकार्य गरियो।’ सभापतिको चुनावमा पराजित भएका निकटतम् नेतालाई वरिष्ठ नेता दिने प्रचलन हटेको टिप्पणी उनको छ। सापकोटाले आफ्नो भनाइ राखेर मञ्चबाट बाहिरिँदै गर्दा अर्का महिला आइन् र भनिन्, ‘महिलालाई त्यस्तो भन्ने हो? तपाईंको भनाइ फिर्ता लिनूस्, तत्काल माफी माग्नुस्,’ भनिन्।

सभापतिबाट सापकोटाको सो भनाइ रेकर्डबाट हटाइएको जानकारी गराएर छलफलअगाडि बढाइयो। तर पनि हलको पछिल्लो भागमा होहल्ला भयो। उक्त विषय हल बाहिर समाधान गर्नुपर्ने अवस्था आयो। बैठक जारी छ।

प्रकाशित: १० फागुन २०८० १२:५० | Thursday, February 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast