प्रावि शिक्षक : हालसम्म ३२ जिल्लाको नतिजा सार्वजनिक [नामावलीसहित]

हिमाल प्रेस २९ माघ २०८० ९:५३ | Monday, February 12, 2024
प्रावि शिक्षक : हालसम्म ३२ जिल्लाको नतिजा सार्वजनिक [नामावलीसहित]

काठमाडौँ- शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदको नतिजा सार्वजनिक गरेको छ। आयोगले आइतबार  भोजपुर, पर्सा, प्युठान, मुगु र कैलाली जिल्लाको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो। त्यसैगरी आयोगले शनिबार खोटाङ, बारा, मनाङ, अर्घाखाँची र रोल्पा नतिजा सार्वजनिक गरेको हो।

आयोगले ती जिल्लासहित ३२ जिल्लाको नतिजा सार्वजनिक गरिसकेको छ। जसमा मोरङ, रौतहट, बझाङ, सोलुखुम्बु, महोत्तरी, सल्यान, डडेलधुरा, धनकुटा, सप्तरी, हुम्ला, डोटी, पाँचथर, सुनसरी, सिराहा, दैलेख तेह्रथुम, ताप्लेजुङ र झापा जिल्ला छन्।

गत जेठ २० र असोज १३ गते लिइएको लिखित (सामान्य र विषयग) परीक्षाको नतिजा सार्वजनिक गरिएको आयोगले जनाएको छ। लिखित परीक्षामा सफल उम्मेदवारलाई आयोगले अन्तर्वार्तामा बोलाएको छ।

हेर्नुहोस् हालसम्मको नतिजा

प्रकाशित: २९ माघ २०८० ९:५३ | Monday, February 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast