शिक्षक सेवा आयोगले लिएको परीक्षामा सहभागी परीक्षार्थी। तस्बिर साभार : शिक्षक मासिक 
                                            काठमाडौँ- शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदको बुधबार सोलुखुम्बु, महोत्तरी, सल्यान र डडेलधुरा जिल्लाको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ।
आयोगले परीक्षामा सफल उम्मेदवारलाई अन्तर्वार्तामा बोलाएको छ।
आयोगले हालसम्म धनकुटा, सप्तरी, हुम्ला, डोटी, पाँचथर, सुनसरी, सिराहा, दैलेख, तेह्रथुम, ताप्लेजुङ र झापा जिल्लाको नतिजा प्रकाशन गरिसकेको छ।
आयोगले गत जेठ २० र असोज १३ गते लिइएको लिखित (सामान्य र विषयगत) परीक्षाको नतिजा सार्वजनिक गरेको हो।
आयोगले माघभित्रै सबै जिल्लाको नतिजा प्रकाशन गरिसक्ने जनाएको छ।
नतिजा सूची
अन्तर्वार्ता




                            प्रकाशित: २५ माघ  २०८० १०:१५ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             
                                             

