प्रसूतिगृहबाट २६ दिनको बच्चा चोरी

हिमाल प्रेस ११ फागुन २०८० १७:२१ | Friday, February 23, 2024
प्रसूतिगृहबाट २६ दिनको बच्चा चोरी बच्चा चोरी गरेर जाँदै गरेकी मनकुमारी। सीसीटीभीमा कैद भएको तस्बिर

काठमाडौँ- काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालबाट २६ दिनको बच्चा चोरी भएको छ। अस्पतालको ओपिडीमा उपचारका लागि आएकी महिलाको ब‍च्चा चोरी भएको उजुरी आएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

परिसरका एसपी नवराज अधिकारीका अनुसार काभ्रेकी एक महिलाले आफ्नो बच्चा चोरी भएको उजुरी दिएकी हुन्।

ती महिलाले पार्किङ क्षेत्रमा भेटिएर एकछिन गफिएका अपरिचित व्यक्तिलाई आफू रिपोर्ट लिएर आउने भन्दै बच्चा लिन दिएको र आफू रिपोर्ट लिएर फर्किँदा ती अपरिचित र बच्चा दुवै नभेटेपछि उजुरी दिन आएको प्रहरीलाई भनेकी छन्।

अस्पताल परिसरको सीसीटीभी हेर्दा अपरिचित व्यक्ति बच्चा लिएर बाहिरिएको देखिएको प्रहरीले जनाएको छ।

‘काभ्रेको एक महिलाले आफ्नो २६ दिनको बच्चा चोरी भएको उजुरी दिनु भएको छ,’ अधिकारीले भने, ‘प्रहरीले खोजीकार्य तीव्र पारेको छ।’

प्रकाशित: ११ फागुन २०८० १७:२१ | Friday, February 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast