 
                             
                                            काठमाडौँ- प्रधानसेनापति प्रभुराम शर्माले वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, पाँचखालमा सञ्चालन भइरहेको बहुर्राष्ट्रिय अभ्यास शान्ति प्रयास चारको अवलोकन गरेका छन्।
सो अवसरमा प्रधानसेनापतिले कर्मचारी प्रशिक्षण कार्यक्रम, क्षेत्रीय सैनिक प्रशिक्षण र क्षमता अभिवृद्धिसँग सम्बन्धित कक्षा तथा अभ्यासको अवलोकनका साथै अभ्यासमा सहभागी सैनिकसँग अन्तर्क्रिया गरे।
अमेरिकी ग्लोबल पिस अपरेशन इनिसिएटिभको सहयोग तथा नेपाली सेना र अमेरिकी सेनाको सहकार्यमा यही फागुन ८ देखि सुरु अभ्यासमा नेपालसहित १९ राष्ट्रका एक हजार १२५ सैनिक सहभागी छन्। अभ्यास यही फागुन २१ गतेसम्म सञ्चालन हुनेछ।
                            प्रकाशित: १२ फागुन  २०८० १९:४५ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
 