प्रधानमन्त्री र अमेरिकी नौसेनाध्यक्षबीच शिष्टाचार भेट

हिमाल प्रेस १३ फागुन २०८० २१:४२ | Sunday, February 25, 2024
प्रधानमन्त्री र अमेरिकी नौसेनाध्यक्षबीच शिष्टाचार भेट

काठमाडौँ-  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग अमेरिकाको एसिया–प्रशान्त क्षेत्र कमान्डका नौसेनाध्यक्ष जोन एक्विलिनोले शिष्टाचार भेट गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज (आइतबार) अपराह्न भएको भेटमा उनीहरूबीच द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको थियो।

त्यस अवसरमा प्रधानमन्त्रीले नेपाल-अमेरिका सम्बन्धलाई आफूले उच्च महत्त्व दिँदै आएको बताए। उनले नेपालको आर्थिक विकासका निम्ति अमेरिकाबाट प्राप्त सहयोग महत्त्वपूर्ण रहेको भन्दै त्यसप्रति कृतज्ञता व्यक्त गरे।

नौसेनाध्यक्ष एक्विलिनोले विश्व शान्ति स्थापनाका लागि संयुक्त राष्ट्रस‌ंघको नेतृत्वमा विभिन्न शान्ति ‘मिसन’मा नेपालले सबैभन्दा धेरै सुरक्षाकर्मी परिचालन गरेकामा बधाई ज्ञापन गरे। उनले शान्ति सेनामार्फत नेपालले निर्वाह गरेको भूमिकाको प्रशांसा पनि गरे।

प्रकाशित: १३ फागुन २०८० २१:४२ | Sunday, February 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast