प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर

हिमाल प्रेस ६ फागुन २०८० ६:५७ | Sunday, February 18, 2024
प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै। फाइल तस्बिर

काठमाडौँ- प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक बिहान ११ बजे बस्ने संघीय संसद् सचिवालयले जनाएको छ।

सचिवालयले जारी गरेको सम्भावित कार्यसूची अनुसार आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रश्नोत्तर गर्ने कार्यक्रम रहेको छ। सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ प्रधानमन्त्रीले दिने कार्यसूचीमा रहेको छ।

त्यस्तै सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्र पढेर सुनाउने कार्यक्रम छ।

साथै अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ।

 

प्रकाशित: ६ फागुन २०८० ६:५७ | Sunday, February 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast