काठमाडौँ- संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ।
बैठक बिहान ११ बजे संसद भवन नयाँ बानेश्वरमा बोलाइएको छ।
आजको बैठकमा सभामुख देवराज घिमिरेले ‘राजनीतिक दल सबन्धी (दोस्रो संशोधन) विधेयक २०८०’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्राप्त विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
यस्तै, उपप्रधान तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठले ‘राजनीतिक दल सबन्धी (दोस्रो संशोधन) विधेयक २०८०’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।
प्रकाशित: १३ फागुन २०८० ७:०५ | Sunday, February 25, 2024
प्रतिक्रिया





