पेट्रोलियम पदार्थको मूल्य बढ्यो, प्रतिलिटर कति?

हिमाल प्रेस ४ फागुन २०८० ६:१४ | Friday, February 16, 2024
पेट्रोलियम पदार्थको मूल्य बढ्यो, प्रतिलिटर कति?

काठमाडौँ- पेट्रोलियम पदार्थको मूल्य बढेको छ। नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरले बिहीबार साँझ जारी गरेको विज्ञप्तिअनुसार पेट्रोलियम पदार्थको नयाँ मूल्य आजदेखि लागू भएको छ।

इन्डियन आयल कर्पोरेसनबाट नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर १.८३ र डिजेलको मूल्यमा प्रतिलिटर १.५६ रुपैयाँले बढेर आएकोले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिट २ रुपैयाँ वृद्धि गरिएको निगमको भनाइ छ।

विज्ञप्तिअनुसार खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् राखिएको छ। मूल्य बढेसँगै काठमाडौँ उपत्यकामा पेट्रोल प्रतिलिटर १ सय ७२ तथा डिडिजेल र मट्टितेलमा प्रतिलिटर १ सय ६० रुपैयाँ पुगेको छ।

विज्ञप्ति

प्रकाशित: ४ फागुन २०८० ६:१४ | Friday, February 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast