पशुपति क्षेत्र विकास कोषको जग्गा खोज्न पूर्वसचिव रेग्मीको नेतृत्वमा समिति गठन

हिमाल प्रेस १३ फागुन २०८० १८:५५ | Sunday, February 25, 2024
पशुपति क्षेत्र विकास कोषको जग्गा खोज्न पूर्वसचिव रेग्मीको नेतृत्वमा समिति गठन

काठमाडौँ– पशुपति क्षेत्र विकास कोषको जग्गा खोजीका लागि पूर्वसचिव दामोदर रेग्मीको नेतृत्वमा समिति बनेको छ। संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै पशुपति क्षेत्र विकास कोषको नाममा देशभर रहेको जग्गा खोजीका लागि समिति बनाएको हो।

मन्त्रालयले आइतबार गठन गरेको ५ सदस्यीय समितिका सदस्यहरूमा पूर्व सहसचिव देवराज ढकाल, पशुपति क्षेत्र विकास कोषका कानुनी सल्लहाकार हरिनाथ ढकाल, मन्त्रालयका उपसचिव शिवराज रेग्मी र पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव राजु केसी रहेका छन्।

गुठी र क्षेत्र विकास कोषका नाममा लिच्छवीकालबाटै विभिन्न दाताहरूले दान गरेको जग्गा पछिल्ला समय व्यक्तिले हडप्ने क्रम बढेसँगै खोजीका लागि समिति बनाइएको हो।

काठमाडौँ उपत्यकामा रहेको जग्गा व्यवस्थापनका लागि क्षेत्र विकास कोषले काम अगाडि बढाइसकेको छ। अवैध रुपमा बनेको संरचना भत्काउन थालिसकिएको छ। पशुपतिनाथको नाममा देशभर नै जग्गाहरू रहेका छन्। यसलाई व्यवस्थित गर्न उच्चस्तरीय समिति गठन गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले बताएका छन्।

प्रकाशित: १३ फागुन २०८० १८:५५ | Sunday, February 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast