परराष्ट्र सचिव र भारतीय विदेशमन्त्रीबीच शिष्टाचार भेट

हिमाल प्रेस १५ फागुन २०८० २०:१० | Tuesday, February 27, 2024
परराष्ट्र सचिव र भारतीय विदेशमन्त्रीबीच शिष्टाचार भेट

काठमाडौँ- भारत भ्रमणमा रहेकी परराष्ट्र सचिव सेवा लम्सालले आज (मंगलबार) अपराह्न त्यहाँका विदेशमन्त्री डा. एस जयशंकरसँग शिष्टाचार भेट गरेकी छन्।

त्यस अवसरमा नेपाल–भारत सम्बन्धका विविध पक्षका साथै भारत सरकारको सहयोगमा नेपालमा सञ्चालित परियोजनाको प्रगतिबारे छलफल भएको यहाँस्थित भारतीय राजदूतावासले जनाएको छ।

परराष्ट्र सचिव लम्साल भारतको पुनेमा आगामी बिहीबारदेखि आयोजना हुने एसियाली आर्थिक संवाद २०२४ को उद्घाटन समारोहमा सहभागी हुने सिलसिलामा हाल नयाँदिल्लीमा छिन्।

परराष्ट्र मन्त्रालयका सचिव नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति प्रदान गर्ने निर्णय भएको उनले जानकारी दिइन्।

कार्यक्रममा सेन्टर फर साउथ एसिया स्टडिज नेपालका निर्देशक डा. निश्चलनाथ पाण्डेको पनि सहभागिता छ।

प्रकाशित: १५ फागुन २०८० २०:१० | Tuesday, February 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast