नेविसंघ विवाद : इतर समूहले माग्यो अध्यक्ष शेर्पाको राजीनामा  

हिमाल प्रेस १६ फागुन २०८० १७:२३ | Wednesday, February 28, 2024
नेविसंघ विवाद : इतर समूहले माग्यो अध्यक्ष शेर्पाको राजीनामा  

काठमाडौं- नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)को इतर समूहले अध्यक्ष दुजाङ शेर्पाको राजीनामा माग गरेको छ। समूहको फागुन १५ र १६ गते महाराजगंजमा बसेको बैठकले शेर्पाको राजीनामा माग गर्ने निर्णय गरेको समूह नेतृ तथा केन्द्रीय सदस्य करिना पुरीले जानकारी दिइन्।

तदर्थ समितिका अध्यक्ष शेर्पाले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको निर्णय उल्लंघन गरेकाले बैठकले राजीनामा माग गरेको पुरीले जानकारी दिइन्।

‘उहाँले विभिन्न जिल्लाका नेपाली कांग्रेसका जिल्ला सभापतिसँगको सल्लाह, समन्वय र सिफारिसविपरीत मनोमानी ढंगले नेविसंघ जिल्ला अध्यक्षको जिम्मेवारीको पत्र दिएकोले मातृपार्टीको केन्द्रीय कार्यसम्पादन समितिको निर्णय उल्लंघन गरी मनोमानी ढंगले संगठनमा निर्णय गर्ने नेवि संघ केन्द्रीय तदर्थ समितिका अध्यक्ष दुजाङ शेर्पाको राजीनामाको माग गर्ने निर्णय सर्वसम्मतिले पारित गरिएको छ,’ उनले भनिन्।

यस्तै, बैठकले संघको विधिवत १२औँ महाधिवेशन सम्पन्न गर्नका लागि देशभरका जिल्लाहरूमा सदस्यता वितरण, सुझाव संकलन र संगठन विस्तारका लागि नेविसंघ केन्द्रीय तदर्थ समितिका सदस्यहरूलाई केन्द्रीय प्रतिनिधि पठाउने निर्णय सर्वसम्मतिले गरेको उनले जानकारी दिइन्।

प्रकाशित: १६ फागुन २०८० १७:२३ | Wednesday, February 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast