नेपाल व्यवस्थापन संघको अध्यक्षमा ओझा

हिमाल प्रेस २८ माघ २०८० १२:३४ | Sunday, February 11, 2024
नेपाल व्यवस्थापन संघको अध्यक्षमा ओझा

काठमाडौँ- नेपाल व्यवस्थापन संघमा नयाँ कार्यसमिति चयन गरिएको छ। संघको ४३ औँ साधारणसभाले मोहनराज ओझाको अध्यक्षतामा आगामी दुई वर्षका लागि १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो।

संघको प्रथम उपाध्यक्षमा सुमन पोखरेल, द्वितीय उपाध्यक्षमा हेमा अधिकारी, महासचिवमा इन्द्र श्रेष्ठ र कोषाध्यक्षमा कविराज अधिकारी चयन भएका छन्।

यसैगरी सदस्यहरूमा धर्मानन्द अवस्थी, अनु जोशी श्रेष्ठ, कृष्णप्रसाद आचार्य, किशोर ढुंगाना, मधु पौडेल, जितेन्द्र धिताल, सूर्यप्रसाद सिलवाल, अशोक शेरचन, चंकी क्षेत्री, राजेशकुमार पाण्डा, अजयकुमार मिश्र र महेश स्वार रहेका छन्।

यस वर्षको म्यानेजमेन्ट अफ द एयर अवार्ड गोकर्ण अवस्थीले पाएका छन्। यसैगरी वुमन म्यानेजर रिकग्निसन अवार्ड आरती चटौत, लाइफ टाइम कन्ट्रिब्युुसन अवार्ड पद्मलाल श्रेष्ठ र युथ आइकन रिकग्निसन अवार्ड मनोज पौडेलले पाएको संघले जनाएको छ।

प्रकाशित: २८ माघ २०८० १२:३४ | Sunday, February 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast