नेपाल-पाकिस्तान मैत्री क्रिकेट प्रतियोगिता फागुन तेस्रो साता

हिमाल प्रेस १३ फागुन २०८० १९:०२ | Sunday, February 25, 2024
नेपाल-पाकिस्तान मैत्री क्रिकेट प्रतियोगिता फागुन तेस्रो साता

काठमाडौँ- नेपालस्थित पाकिस्तान दूतावासले आयोजना गर्दै आएको नेपाल-पाकिस्तान मैत्री ट्वान्टी २० क्रिकेट प्रतियोगिताको नवौं संस्करण फागुन १९ देखि २७ सम्म हुने भएको छ।

प्रतियोगितामा १२ टोलीको सहभागिता रहने आयोजकले बताएको छ। प्रतियोगितामा नेपालका दर्ता भएका क्रिकेट क्लब र पाकिस्तानी दूतावासको टोली सहभागी हुनेछन्।

प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहबाट शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्।

प्रतियोगिताका खेलहरू शंख पार्क नजिकैको पाकिस्तानी दूतावासको मैदानमा हुनेछ। यो प्रतियोगिताले युवा खेलाडी उत्पादनमा निकै सहयोग पुर्‍याएको छ।

विगतका संस्करण खेलका केही खेलाडीले यु-१९ राष्ट्रिय टोलीको यात्रा तय गरिसकेका छन्।

प्रकाशित: १३ फागुन २०८० १९:०२ | Sunday, February 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast