नेपाल-पाकिस्तान मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता १९ गतेदेखि

हिमाल प्रेस १३ फागुन २०८० १७:५४ | Sunday, February 25, 2024
नेपाल-पाकिस्तान मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता १९ गतेदेखि

काठमाडौँ-  काठमाडौँस्थित पाकिस्तानी दूतावासको आयोजनामा मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता हुने भएको छ। फागुन १९ देखि २७ गतेसम्म आयोजना गर्न लागिएको प्रतियोगितामा १२ टिम सहभागी हुने दूतावासले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रतियोगिता कमाठमाडौँको शंखपार्कनजिकै रहेको पाकिस्तानी दूतावासको मैदानमा हुनेछ। प्रतियोगितामा खेलकुद च्यानल र सामाजिक सञ्जालहरूबाट प्रत्यक्ष प्रसारण हुने दूतावासले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

दूतावासले बर्सेनि टी२० क्रिकेट प्रतियोगिता आयोजना गर्दै आएको छ। यसपल्ट प्रतियोगिताको नवौँ संस्करण हुन लागेको हो। प्रतियोगिताको पहिलो दिन उद्घाटन समारोह हुनेछ भने अन्तिम दिन समापन हुनेछ।

प्रकाशित: १३ फागुन २०८० १७:५४ | Sunday, February 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast