नेपाल नामिबियासँग दोस्रोपटक पराजित

हिमाल प्रेस ९ फागुन २०८० १५:२४ | Wednesday, February 21, 2024
नेपाल नामिबियासँग दोस्रोपटक पराजित

काठमाडौँ- आईसीसी क्रिकेट विश्वकप लिग-२ मा नेपाल नामिबियासँग लगातार दोस्रोपल्ट पराजित भएको छ। नेपाल बुधबार अफ्रिकी टोली नामिबियाविरुद्धको दोस्रो खेलमा २ विकेटले पराजित भएको हो। १६९ रनको लक्ष्य पछ्याएको नामिबियाले ४० ओभरमा ८ विकेट गुमाएर जित निश्चित गरेको थियो।

त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नामिबियाका लागि कप्तान जेरार्ड इरासमसले ५६ बलमा ८ चौका र २ छक्कासहित ५२ रन बनाएका थिए। माइकल भ्यान लिंगेनले ३४ बलमा ४ चौका र २ छक्कासहित ३१ रन बनाएका थिए। नेपालका लागि कुशल भुर्तेलले तीन विकेट लिए भने दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, ललित राजवंशी र कुशल मल्लले एकएक विकेट लिएका थिए।

टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको नेपाल ३७.१ ओभरमा १६८ रनमा समेटियो। नेपालका लागि ओपनर आसिफ सेखले अर्धशतक प्रहार गरेका थिए। अन्य ब्याटरले भने सोचेअनुरूप प्रदर्शन गर्न सकेनन्। यसअघि फागुन ३ गते भएको खेलमा पनि नेपाल नामिबियासँग पराजित भएको थियो।

अर्को खेल शुक्रबार नामिबियाले नेदरल्यान्डस्सँग खेल्नेछ। आइतबार अन्तिम खेलमा नेदरल्यान्ड्स र नेपालबीच प्रतिस्पर्धा हुनेछ।

प्रकाशित: ९ फागुन २०८० १५:२४ | Wednesday, February 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast