नेपाल ‘ए’ लाई श्रृंखला जितेर इतिहास रच्‍ने अवसर

हिमाल प्रेस १० फागुन २०८० ७:५६ | Thursday, February 22, 2024
नेपाल ‘ए’ लाई  श्रृंखला जितेर इतिहास रच्‍ने अवसर

काठमाडौँ- क्यानडाविरुद्धको एकदिवसीय श्रृंखलाको तेस्रो खेल आज नेपाल ‘ए’ टोलीले खेल्दैछ। मुलपानी क्रिकेट मैदानमा बिहान साढे ९ बजे खेल सुरु हुनेछ। आजको खेलमा दुवै टोली जितको लक्ष्यमा छन्।

 यही कारण घरेलु टोली नेपाल ‘ए’ पनि जित्ने लक्ष्यसहित मैदान उत्रिदैछ।

पहिलो खेलमा क्यानडासँग ४ विकेटले पराजित भएको नेपाल ‘ए’ टीमले दोस्रो खेलमा क्यानडालाई २ विकेटले पराजित गरेको थियो।

नेपाल क्रिकेट एसोसिएसन (क्यान)ले भर्खरै मात्र नेपाल ‘ए’ टोली बनाएको हो। पहिलो पल्ट यो टोलीले क्यानडासँग अभ्यास खेल खेल्दैछ। नेपाली टिमका सिनियर खेलाडी विनोद भण्डारीको नेतृत्वमा क्यानले टिम घोषणा गरेको छ। यद्यपि, दोस्रो खेलमा भने भण्डारी चोटका कारण मैदान उत्रिएनन्।

उनको सट्टामा सन्दीप जोराले कप्तानी समालेका थिए। क्यानले राष्ट्रिय टोलीबाट खेलिसकेका र उदयमान खेलाडीलाई नेपाल ‘ए’मा राखेको छ। यसलाई नेपाली राष्ट्रिय टोलीको ‘व्याकअप’ भएको जनाइएको छ।

भर्खर तयार भएको टोलीले (नेपाल ए) श्रृंखला जितेमा इतिहास कायम हुनेछ।

प्रकाशित: १० फागुन २०८० ७:५६ | Thursday, February 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast