नेपाल ‘ए’ र क्यानडा-११ मूलपानीमा भिड्दै

हिमाल प्रेस ६ फागुन २०८० ८:०८ | Sunday, February 18, 2024
नेपाल ‘ए’ र क्यानडा-११ मूलपानीमा भिड्दै कप्तान विनोद भण्डारी

काठमाडौँ- विनोद भण्डारीको कप्तानीमा बनेको नेपाल ‘ए’ को टोलीले आज क्यानडा-११ सँग पहिलो खेल खेल्दैछ।

तीन दिवसीय श्रृंखलाको पहिलो खेल आज मूलपानी क्रिकेट मैदानमा हुँदैछ।

दुई सातापछि संयुक्त अरब इमिरेट्स(यूएई)मा आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक श्रृंखला खेल्न जानुअघि क्यानडाले नेपालमा अभ्यास गरेको हो।

विनोद भण्डारी नेपाल आर्मी क्लवका कप्तान हुन्। उनी टिमका भरपर्दा विकेटकिपर पनि हुन्। सिनियर खेलाडी समेत रहेका भण्डारीलाई क्यानले कप्तानी दिएको हो।

नेपाल ‘ए’ को प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल र क्लाम अली रहनेछन्। क्यानडासँगको दोस्रो खेल मंगलबार र तेस्रो तथा अन्तिम खेल बिहीबार हुनेछ।

नेपाली टोली
विनोद भण्डारी (कप्तान), प्रतिश जीसी, आशुतोष घिरैया, रसिद खान, अर्जुन कुमाल, रिजन ढकाल, बशीर अहमद, सागर ढकाल, विवेक यादव, शाहब आलम, हेमन्त धामी, सन्दीप जोरा, किरण ठगुन्ना, शेर मल्ल, मायान यादव, सुजन थपलिया।

 

प्रकाशित: ६ फागुन २०८० ८:०८ | Sunday, February 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast