नेपाली फिल्ममा डेब्यु गर्दै रोशनप्रताप

हिमाल प्रेस २० माघ २०८० १२:२२
नेपाली फिल्ममा डेब्यु गर्दै रोशनप्रताप

काठमाडौँ- अमेरिकामा व्यवसाय गरिरहेका रोशनप्रताप जंगबहादुर राणाले फिल्म निर्माण गर्ने भएका छन्। नेपाली कलासंस्कृतिलाई विश्वमा पुर्‍याउने उद्देश्यले फिल्म निर्माण गर्न लागेको उनले बताए। फिल्म नेपाललगायत अमेरिका र अन्य देशमा समेत छायांकन गरिनेछ।

काठमाडौँमा जन्मिएर दुई वर्षको उमेरदेखि आफ्नो परिवारसहित अमेरिकामा बसोबास गर्दै आएका राणा अन्तर्राष्ट्रिय फेसन तथा र्याम्पमा रमाउँदै आएका मोडल हुन्।

बलिष्ठ शरीर, अग्लो कद, मन लोभ्याउने डिम्पल र आकर्षक लुक्सका राणाले फिल्ममा नयाँपुराना कलाकारसहित केही विदेशी कलाकारको समेत अभिनय रहने बताए। फिल्मको नाम र निर्देशको चाँडै टुंगो लाग्ने उनले बताए।

समाजसेवामा समेत रुचि राख्ने राणाले जाजरकोट भूकम्पपीडितलाई नगद पाँच लाख सहयोग प्रदान गरेका छन्।

प्रकाशित: २० माघ २०८० १२:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast