काठमाडौँ- क्यानडाले एकदिवसीय शृंखलाको दोस्रो खेलमा नेपाल ‘ए’सामू २४१ रनको लक्ष्य प्रस्तुत गरेको छ।
मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको क्यानडाले ४९.५ ओभरमा सबै विकेट गुमाउँदै २४० रनको योगफल तयार पार्यो।
क्यानडाका लागि श्रेयस मोम्भाले ८२ बलमा पाँच चौकाको मद्दतले सर्वाधिक ६८ रनको योगदान गरे। यसैगरी नवनीत धलिवालले ४६, श्रीमन्था विजयरत्नेले ४१, ओरोन जोनसनले ३६ र डिलोन हेलिगरले १६ रन बनाए।
नेपाल ‘ए’ का लागि साहब आलम र रासिद खानले समान तीन÷तीन, शेर मल्लले दुई तथा सागर ढकाल र बसिर अहमद समान एक विकेट लिए।
नेपाल ‘ए’ आज जित निकाल्दै शृंखला बराबरी गर्ने लक्ष्यमा छ। खेलको दोस्रो इनिङ्स केही बेरमा सुरु हुनेछ।
प्रकाशित: ८ फागुन २०८० १३:२७ | Tuesday, February 20, 2024
प्रतिक्रिया




