नेदरल्यान्ड्सविरुद्ध कुशलको अर्धशतक

हिमाल प्रेस १३ फागुन २०८० ११:५८ | Sunday, February 25, 2024
नेदरल्यान्ड्सविरुद्ध कुशलको अर्धशतक

काठमाडौँ- आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपाल र नेदरल्यान्ड्स सम्मिलित शृंखलाको अन्तिम खेलमा नेद्ल्यान्ड्विरुद्ध नेपालका ओपनर कुशल भुर्तेलले अर्धशतक प्रहार गरेका छन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरिरकेको नेपालका लागि कुशलले ७७ बलमा पाँच चौकाको मद्दतले अर्धशत पूरा गरेका हुन्। अन्तर्राष्ट्रिय एकदिवसीयमा कुशलको यो आठौं अर्धशतक हो।

कुशललाई आरिफ शेखले एक रन बनाएर साथ दिइरहेका छन्। अहिले नेपाल ३४ ओभरमा ६ विकेट गुमाउँदै ११० रन बनाएर खेलिरहेको छ।

प्रकाशित: १३ फागुन २०८० ११:५८ | Sunday, February 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast