नेदरल्यान्ड्सको लगातार दोस्रो जित

हिमाल प्रेस १७ फागुन २०८० १५:२१ | Thursday, February 29, 2024
नेदरल्यान्ड्सको लगातार दोस्रो जित

काठमाडौँ– नेदरल्यान्ड्सले त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी २० शृंखलामा लगातार दोस्रो जित निकालेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार नेदरल्यान्ड्सले नामिबियालाई ५९ रनले पराजित गर्याे।

जितसँगै नेदरल्यान्ड्सले दुई खेलमा चार अंक जोडेको छ। पहिलो पराजय ब्यहोरेको नामिबियाको समान खेलबाट दुई अंक छ। नेदरल्यान्ड्सले प्रस्तुत गरेको २४८ रनको लक्ष्य पछ्याएको नामिबियाले २० ओभर नै ब्याटिङ गरे पनि सात विकेट गुमाउँदै १८८ रन मात्र बनायो।

नामिबियाका लागि जेन ग्रिनले अविजित ४२, जान फ्रेइलिंकले ४२, जिन पियरे कोट्जी २६, रुबेन ट्रम्पलम्यान र कप्तान जेजे स्मिथले समान १९ तथा जान निकोल लोफ्टी इएटनले ११ रन बनाए।

नेदरल्यान्ड्सका लागि टिम भार डेर गुग्टनले दुई तथा भिभियन किंगमा, फ्रेड क्लासेन, साइब्रान्ड एङ्गेलब्रेख्त र रालोफ भान डेर मार्वेले समान एक विकेट लिए। त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै २४७ रनको योगफल तयार पार्‍यो।

नेदरल्यान्ड्सका लागि माइकल लेभिटले ६२ बलमा ११ चौका र १० छक्काको मद्दतले सर्वाधिक १३५ रनको योगदान गरे। यसैगरी साइब्रान्ड एङ्गेलब्रेख्तले ४० बलमा सात चौका र पाँच छक्काको मद्दतले ७५ र तेजा निदामनुरुले १८ रन बनाए।

दोस्रो विकेटका लागि लेभिट र एङ्गेलब्रेख्तले १९३ रनको साझेदारी गरे। नामिबियाका लागि रुबेन ट्रम्पलम्यानले दुई तथा जान फ्रेइलिंकले र बेन सिकोन्गोले समान एक विकेट लिए। अघिल्लो खेलमा दुवै टोलीले नेपाललाई पराजित गरेका थिए।

प्रकाशित: १७ फागुन २०८० १५:२१ | Thursday, February 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast