नामिबियाविरुद्ध ब्याटिङ गर्दै नेपाल, प्लेइङ-११ मा अनिल र गुल्सन पर्दा आरिफ र देव बेन्चमा

हिमाल प्रेस ३ फागुन २०८० ९:०९ | Thursday, February 15, 2024
नामिबियाविरुद्ध ब्याटिङ गर्दै नेपाल, प्लेइङ-११ मा अनिल र गुल्सन पर्दा आरिफ र देव बेन्चमा तस्बिर : क्यान

काठमाडौँ- आईसीसी विश्वकप क्रिकेट लिग-२ को पहिलो त्रिकोणात्मक श्रृंखलामा नेपालले आज नामिबियासँग सुरुवातमा ब्याटिङ गर्ने भएको छ।

नामिबियाले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गर्ने भएको हो। खेल त्रिवि क्रिकेट मैदानमा केहीबेरमा सुरु हुनेछ।

नेपालको प्लेइङ ११ मा कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, कुशल मल्ल, भीम सार्की, पवन सर्राफ, सोमपाल कामी, करण केसी, ललित राजवंशी, अनिल साह र गुल्सन झा परेका छन्।

आजको खेलमा आरिफ शेख, सूर्य तामाङ र देव खनाल बेन्चमा छन्।

प्रकाशित: ३ फागुन २०८० ९:०९ | Thursday, February 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast