 
                             
                                            काठमाडौंँ- नेपालले त्रिकोणात्मक टी-२० श्रृंखलाअन्तर्गत पहिलो खेलमा नामिबियासँग टस हारेको छ।
टीयु क्रिकेट मैदानमा भएको टसमा नामिबियाका कप्तान जेराल्ड इरास्मसले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।
नेपालले टस हारेर फिल्डिङको निम्तो पाएको हो।
नेपाली टिम
कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल (कप्तान), कुशल मल्ल, अभिनास बोहरा, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, विवेक यादव, गुल्सन झा, दीपेन्द्रसिंह ऐरी।
                            प्रकाशित: १५ फागुन  २०८० ११:१७ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 