नामिबियाले दियो नेदरल्यान्ड्सलाई १२४ रनको लक्ष्य

हिमाल प्रेस ७ फागुन २०८० १२:३३ | Monday, February 19, 2024
नामिबियाले दियो नेदरल्यान्ड्सलाई १२४ रनको लक्ष्य

काठमाडौँ- आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपाल,नामिबिया र नेदरल्यान्ड्ससम्मिलित त्रिकोणात्मक शृंखलाको आफ्नो दोस्रो खेलमा नामिबियाले नेदरल्यान्ड्ससामू १२४रनको लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियाले ३५.१ ओभरमा सबै विकेट गुमाउँदै १२३ रनको योगफल तयार पार्‍यो।

नामिबियाका लागि जेजे स्मिथले २६, जान ग्रिनले १९, रुबेन ट्रम्पलम्यानले २०, निकोलस डाभिन र कप्तान जोर्रार्ड इरास्मसले समान १३ तथा वेर्नान्ड स्कोल्ट्जले १२ रन बनाए।

नेदरल्यान्ड्सका लागि आर्यन दत्तले नौ ओभरमा ३४ रन खर्चिएर ६ विकेट लिए। यसैगरी कायल केलिनले दुई तथा रोलेफ भान डेर मार्वे र म्याक्स ओ’ डोउडले समान एक विकेट हात पारे।

नामिबिया लगातार दोस्रो तथा नेदरल्यान्ड्स पहिलो जितको लक्ष्यका छन्। पहिलो खेलमा नामिबियाले नेपाललाई चार विकेटले हराउँदा नेदरल्यान्ड्स नेपालसँग नौ विकेटले पराजित भएको थियो।

प्रकाशित: ७ फागुन २०८० १२:३३ | Monday, February 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast