काठमाडौँ- नबिल बैंक लिमिटेडका ग्राहकले हेयर एन्ड शान्ति युनिसेक्स सलुनले दिने सेवासुविधा लिँदा छुट पाउने भएका छन्। यस्तो छुट उपलब्ध गराउने विषयमा बैंक र हेयर एन्ड शान्तिबीच समझदारी गरिएको हो। समझदारी पत्रमा नबिल बैंकका तर्फबाट रिटेल ट्रान्जेक्सन विभागका प्रमुख निरज शर्मा र हेयर एन्ड शान्तिका युनिसेक्स सलुनकी सञ्चालक बिनिता बुढाथोकीले हस्ताक्षर गरेका हुन्।
समझदारीअनुसार नबिल बैंकका ग्राहकले नबिल बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रायोरिती कार्ड, एन बैंक वा बैंक ट्रान्सफरमार्फत भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त हुनेछ।
यस्तो छुट हेयर कट, कलरिङ, केराटिनजस्ता केश सज्जाका सेवा तथा मेनिक्योर–पेडिक्योर, नेल आर्टलगायत अनुहार, सौन्दर्यलगायत सम्पूर्ण सेवामा उपलब्ध हुने उल्लेख छ।
प्रकाशित: ६ फागुन २०८० १४:०१ | Sunday, February 18, 2024
प्रतिक्रिया



