नेदरल्यान्ड्स र नामिबियासँगको टी-२० श्रृंखलामा परेनन् भीम सार्की र देव खनाल

हिमाल प्रेस १४ फागुन २०८० ७:१३ | Monday, February 26, 2024
नेदरल्यान्ड्स र नामिबियासँगको टी-२० श्रृंखलामा परेनन् भीम सार्की र देव खनाल तस्बिर : क्यान

काठमाडौँ- त्रिकोणात्मक टी-२० आई क्रिकेट शृंखलाका लागि नेपाल क्रिकेट संघ (क्यान)ले टिम घोषणा गरेको छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने खेल नेदरल्याण्ड्स र नामिबियासँग हुनेछ। क्यानले रोहित पौडेलको कप्तानी नयाँ टोली घोषणा गरेको छ।

जसमा टिम ‘ए’ र नयाँ खेलाडी हालिएको छ। नेदरल्यान्ड्स र नामिबियासँग एक दिवसीय श्रृंखला खेलेका केही खेलाडी टी-२० मा समेटिएका छैनन्।

टी-२० टिममा ए टिमका ६ जना खेलाडीलाई समावेश गरिएको छ। लिग-२ खेलेको टिमका १५ मध्ये ११ जना यथावत छ।

लिग-२ खेलेको टोलीमा रहेका देव खनाल, भीम सार्की, सूर्य तामाङ र पवन सर्राफ बाहिरिएका छन्।

नेपाल-ए टिमका कप्तान विनोद भण्डारीसहित सन्दीप जोरा, विवेक यादव, प्रतिश जिसी, रासिद खान र सागर ढकाल टी-२० टिममा समावेश भएका हुन् ।

यस्तै टी-२० मा विशेषज्ञ बलरको रुपमा रहेका अविनाश बोहरा पनि टी-२० सिरिजमा टिममा समेटिएका छन् ।

टी-२० सिरिजका लागि घोषित १८ सदस्यीय टोलीमा १४ जना आईसीसी टी-२० विश्वकप एसिया छनोट खेलेका टिमकै खेलाडी छन् ।

नेदरल्याण्ड्स र नामिबिया सम्मिलित टी-२० सिरिज मंगलबारदेखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुँदै छ । नेपालले टी-२० सिरिजको पहिलो खेल मंगलबार नामिबियासँग खेल्नेछ ।

नेपाली टिम

रोहित पौडेल, आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुल्शन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, विनोद भण्डारी, विवेक यादव, अनिल साह, रसिद खान, सागर ढकाल, आरिफ शेख र अविनाश बोहरा ।

प्रकाशित: १४ फागुन २०८० ७:१३ | Monday, February 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast