नक्कली प्रहरी नायव निरीक्षक अमिलाकुमारी पक्राउ

हिमाल प्रेस १ फागुन २०८० १३:२५ | Tuesday, February 13, 2024
नक्कली प्रहरी नायव निरीक्षक अमिलाकुमारी पक्राउ प्रहरी

काठमाडौँ– ‘प्रहरी हुँ’ भन्दै ठगी गर्ने महिला पक्राउ परेकी छन्। बैतडीको पुर्चौडी नगरपालिका–६ घर भई काठमाडौंको चन्द्रागिरि नगरपालिका–१४, नैकापमा डेरा गरी बस्ने २४ वर्षीया अमिलाकुमारी साउदलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

साउदले आफू नेपाल प्रहरीको ‘प्रहरी नायव निरीक्षक हुँ’ भन्दै एक महिलालाई प्रलोभनमा पारेर नगद ठगेको प्रहरीले जनाएको छ।

उनले दैलेखको नारायण नगरपालिका–११ बस्ने २६ वर्षीया महिलालाई राष्ट्रिय अनुसन्धान विभागको सिपाही पदमा जागिर लगाइदिने प्रलोभनमा पारेकी थिइन्। उनीबाट नगद एक लाख ५० हजार रूपैयाँ ठगी गरेको प्रहरी वृत्त थानकोटले जनाएको छ।

साथै, उनको साथबाट नेपाल प्रहरीको पोसाक एक जोर, प्रहरी सहायक निरीक्षकको दर्ज्यानी चिह्न एक थान, नेमप्लेट एक थान, बुट एक जोर, बेल्ट एक थान र मोबाइल एक थान समेत बरामद गरिएको जनाइएको छ।

प्रकाशित: १ फागुन २०८० १३:२५ | Tuesday, February 13, 2024

प्रतिक्रिया

One thought on “नक्कली प्रहरी नायव निरीक्षक अमिलाकुमारी पक्राउ

  1. लौ हाम्रा पुर्चौणिका मुन्से लेई ईति बाठा भया भैछन त😁😀

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast